×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ प्रतिशतले बढ्यो, ईपीएसमा भने सामान्य गिरावट (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ प्रतिशतले बढ्यो, ईपीएसमा भने सामान्य गिरावट (विवरणसहित)

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांशमा वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफामा वृद्धि भएको जनाएको हो ।

सार्वजनिक विवरण अनुसार आर्थिक वर्षको चैत्र मसान्तसम्म कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको थियो । जुन, अहिलेको भन्दा १७.१२ प्रतिशत कम हो ।

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले वृद्धि भएको छ भने कम्पनीको कुल सञ्चालन आम्दानी भने १७.७५ प्रतिशतले घटेको छ । त्यस्तै, चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाखबाट घटेर १ करोड ५८ लाखमा सिमित भएको छ ।

त्यस्तै, लघुवित्तको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको ईपीएस ३७ पैसाले घटेर २२ रुपैयाँ ६० पैसा कायम भएको छ । यो अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ७३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी