×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्रमा कोरोनाको प्रभावबारेको अध्ययन पुरा, विस्तृत प्रतिवेदन प्रधानमन्त्रीलाई पेश गरिँदै

LAXMI SUNRISE BANK

अर्थतन्त्रमा कोरोनाको प्रभावबारेको अध्ययन पुरा, विस्तृत प्रतिवेदन प्रधानमन्त्रीलाई पेश गरिँदै

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना भाइरसको महामारी र यसले अर्थतन्त्रमा पारेको प्रभावबारे आफ्नो अध्ययन पुरा गरेको छ । आयोगले विस्तृत प्रतिवेदन तयार गरी प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । एक-दुई दिनमै विस्तृत प्रतिवेदन प्रधानमन्त्रीसँग प्रस्तुत गरिन लागेको आयोगका सदस्य डा. रामकुमार फुयाँलले जानकारी दिए । 
सदस्य फुँयालका अनुसार एउटा प्रतिवेदन समग्र अर्थतन्त्रमा कोरोनाबाट परेको प्रभावका सम्बन्धमा आउने छ । जसमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन, त्यसबाट ठप्प भएको विकास निर्माणसहितका आर्थिक गतिविधिले समग्र अर्थतन्त्रमा परेको प्रभावलाई चिरफार गरिएको छ । अर्को प्रतिवेदन भने आन्तरिक तथा बाह्य रोजगारीमा परेको प्रभावमा केन्द्रित भएर बनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी