×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA

सोमबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली बजारमा साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबारको तुलनामा आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला एक लाख ८ अजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आइतबार एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अजा चाँदीको मूल्य पनि प्रतितोला २०  रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ४ सय ४०  रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ५ सय ३५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम ९३ हजार एक सय ५ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: