काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्ने गतिविधिहरुमा संलग्न भएका छन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हङकङ हुँदै काठमाडौं आइपुगेका चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका एक जना महासचिवले लुम्बिनीमा पुगेर प्रतिबन्धित गतिविधि गरेका हुन्।
चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनका महासचिव हान सोङको स्वागतमा अशोक स्तम्भ राखिएको मुल परिसरमा नै भव्य कार्यक्रम गरेर त्यहाँको वातावरण नै खलबलिने गरी कार्यक्रम गरेको पाइएको छ। जसले गर्दा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम भएको भन्दै आलोचना भइरहेको छ ।
उक्त क्षेत्रमा कुनै हो-हल्ला हुने कार्यक्रम तथा गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको भए पनि चिनियाँ योजना अनुसार त्यसलाई क्षति पुग्ने गरी गतिविधि गरिएको हो। यसप्रति नेपालको प्रशासनले पनि मौनता साँधेको भन्दै विरोध भइरहेको छ ।
सोङ क्याथे प्यासिफिक एअरको उडान नम्बर सिएक्स ६०३ मा राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुगेका थिए । यसअघि पनि युनेस्कोमा प्रतिबन्धित गतिविधिहरु भएको भन्दै विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो ।
विश्व सम्पदा सूचीबाट लुम्बिनीलाई हटाउने चेतावनीका बाबजूद पनि चिनियाँ टोली पुगेर त्यसलाई बल पुग्ने गरी गतिविधि गरेका हुन्। यसअघि लुम्बिनी विकास कोषभित्र गुरुयोजना विपरित निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचिबाट हटाउने चेतावनी दिएको थियो ।
लुम्बिनीको पवित्र उद्यान क्षेत्रभित्र विकास कोषले गुरुयोजना विपरित संरचना निर्माण गरेको र त्यस क्षेत्रको शान्ति खलबलाउने गतिविधि गरेको भन्दै लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्नसक्ने चेतावनी दिइएको थियो।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन ९यूनेस्को० ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो । यूनेस्को विश्व सम्पदा केन्द्रको ४३औं सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को टोली लुम्बिनी आएर अध्ययनसमेत गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्