×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उँधोगतिमा निर्धन उत्थान लघुवित्त, नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी झन् ह्वात्तै घट्यो (विवरणसहित)

PRIME CA

उँधोगतिमा निर्धन उत्थान लघुवित्त, नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी झन् ह्वात्तै घट्यो (विवरणसहित)

२५ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । खराब कर्जामा अस्वभाविक वृद्धि भएपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा ह्वात्तै घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ९४.५२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ८० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षमा भने ४ करोड ४० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको हो ।

समिक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्जमा पनि अस्वभाविक वृद्धि देखिएको छ । यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १०.१९ प्रतिशत र ९४.३७ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खराब कर्जा अस्वभाविक रुपमा बढेर १२.०९ प्रतिशत पुगेको छ । गतवर्ष लघुवित्तको खराब कर्जा ३.३३ प्रतिशत मात्रै रहेको थियो । प्रमुख सूचकहरुमा भारी गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ४६ रुपैयाँ ६१ पैसाले घटेर २ रुपैयाँ २५ पैसामा सीमित भएको छ । हाल उक्त लघुवित्तको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७६ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: