×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा कांग्रेस नेताको आपत्तिजनक अभिव्यक्ति, ‘भ्रष्टाचार निर्मुल पार्न सकिँदैन, भ्रष्टाचार गरौँ, तर अलि कम गरौँ’

PRIME CA

संसदमा कांग्रेस नेताको आपत्तिजनक अभिव्यक्ति, ‘भ्रष्टाचार निर्मुल पार्न सकिँदैन, भ्रष्टाचार गरौँ, तर अलि कम गरौँ’

२८ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अहिले सडकदेखि सदनसम्म एउटा विषयले निकै ठूलो स्थान पाएको छ, त्यो हो ‘भ्रष्टाचार’ । अझ पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौँ ठगी गरेको अभियोगमा ‘हाइप्रोफाइल’लाई प्रहरीले भकाभक गिरफ्तार गर्न थालेपछि यसको चर्चा थप चुलिएको छ ।

संसद, सभा–सम्मेलन, भेटघाट, बैठकलगायतका ठाउँमा हरेक दिन भ्रष्टाचारको विषय उठ्छ र राजनीतिक दलका नेताहरु खुलेरै यसको विरोध गरिरहेका देखिन्छन् । यतिसम्मकी केही दिनअघि भ्रष्टाचारको विषयमा बोल्न नपाएपछि प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ‘अर्धनग्न’ भएर विरोध गरे । बुधबार पनि भ्रष्टाचारको विषयमा आफ्ना धारणा राख्न नपाएपछि राप्रपाका सांसदहरुले संसदमा नाराबाजी गरेको थिए ।

तर, बुधबारकै संसद बैठकमा भ्रष्टाचारको विषयमा एउटा फरक दृश्य देखियो । प्राय सबै सांसदहरुले सदनमा बोल्दा भ्रष्टाचारको खुलेरै विरोध गरे, सबैले भ्रष्टाचारीलाई हदैसम्मको कार्वाही गर्नुपर्ने माग पनि गरे । तर, नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले भने ‘भ्रष्टाचार गर्ने तर कम गर्ने’ आशयको अभिव्यक्ति दिए ।

सदनमा भ्रष्टाचारको विषयमा आफ्ना धारणा राख्दै उनले तत्कालनीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई स्मरण गरे । ‘विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँको भाइले तीन सय रुपैयाँको नयाँ जुत्ता लगाउनुभएको थियो । जुत्ता किन्ने पैसा कहाँबाट आयो ? भन्ने प्रश्नको जवाफ दिन नसक्दा विश्वेश्वरप्रसाद कोइरालाले ती भाई पर्नेलाई पदबाट बरखास्त गरिदिनुभयो ।’

उनले यति भनिसक्दा सदनमा माहोल शान्त नै थियो । तर, उनले ‘भ्रष्टाचार गर्ने हो, तर कम गर्ने हो’ भन्दै रोस्टमबाटै बोले त्यसबेला सांसदहरु गलल हाँस्न थाले ।

‘करप्सन भनेको हामीले गर्छौं, अरुलाई किन दोष दिने ? हामीबाट करप्सन कम गरौँ, कम गरौँ । निर्मुन गर्न सकिँदैन ।’, उनले थपे, ‘भ्रष्टाचार भनेको एउटा रोग नै हो । प्रयास गर्यो भने निर्मुल हुन्छ । हामीले प्रयत्न गरेनौँ भने कसरी हुन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: