काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को आइतबार बाँडफाँट गरिएको छ ।
गत बैशाख ६ गतेदेखि बैशाख २० गतेसम्म निष्काशन गरिएकोमा कुल रु.७५ करोड आवेदन भएको थियो । सोही आवेदनअनुसार आइतबार फण्डको बाँडफाँड प्रकृया पुरा भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूण शुभेच्छुकहरु, तथा अन्य नियमन निकायहरुप्रति आभार प्रकट गरेको छ ।