×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्मार्ट फोन बेच्नेहरु ‘स्मार्ट’ नभएको व्यवसायीहरुकै निश्कर्ष, मोबाइलमा मार्जिन बढाउने तयारी !

PRIME CA

स्मार्ट फोन बेच्नेहरु ‘स्मार्ट’ नभएको व्यवसायीहरुकै निश्कर्ष, मोबाइलमा मार्जिन बढाउने तयारी !

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी समस्यामा परेको बताएका छन् ।

महासङ्घको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको बताएका हुन् ।

वैधानिकरुपमा प्राप्त हुने २० प्रतिशत मुनाफा आफूहरुले नखोजेको भन्दै उनले व्यवसाय बचाउनका लागि मार्जिनबिना मोबाइल बिक्री नगर्ने विषयमा छलफल चलिरहेको बताए । ‘व्यवसायी गर वा मरको अवस्थामा पुगेका छन्, मार्जिन नबढाए आयातकर्ताविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन ।’, उनले भने, ‘यसका लागि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।’

त्यस्तै, महासङ्घका महासचिव रमेश घिमिरेले व्यावसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नुपर्नेमा जोड दिएका छन् । महासङ्घमा आबद्ध नभएका र अव्यावसायिक काम गर्नेविरुद्ध महासङ्घ चनाखो रहेको उनको भनाइ छ । महासङ्घका बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यले स्मार्टफोन बिक्री गर्ने व्यवसायीहरु पहिले आफै स्मार्ट बन्नुपर्ने सुझाव दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: