×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० महिनामा ३१ लाख ७१ हजार बढी थान विद्युतीय चुरोट आयात, चीनबाट मात्रै ३१ लाख ‘भेप’ नेपाल भित्रियो

अर्थ सरोकार

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार

PRIME CA

१० महिनामा ३१ लाख ७१ हजार बढी थान विद्युतीय चुरोट आयात, चीनबाट मात्रै ३१ लाख ‘भेप’ नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा मात्रै झण्डै ३२ लाख भेप (विद्युतीय चुरोट) नेपाल भित्रिएको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा भित्रिएको भेपको संख्या गत आर्थिक वर्षको तुलनामा २७ लाख ८५ हजार थानले बढी हो ।

गत आर्थिक वर्ष २०७८ ७९ मा कुल ४ लाख २६ हजार २ सय ७२ थान भेप नेपाल आयात भएको थियो भने अघिल्लो आर्थिक वर्षमा २९ हजार २८ थान भेप आयात भएको थियो, जसको कुल लागत ३२ लाख ९८ हजार मात्रै थियो । तर, चालु आर्थिक वर्षको १० महिनामा मात्रै विद्युतीय चुरोट (भेप) आयातमा १८ करोड ५९ लाख ५४ हजार रुपैया खर्च भएको तथ्यांकमा देखिएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा भित्रिएको ३१ हजार ७१ लाख भेपमध्ये चीनबाट मात्रै ३१ लाख २६ हजार भेप नेपाल भित्रिएको छ । बाँकी २६ हजार ५६४ थान भेप अमेरिका र १० हजार ९ सय थान भेप दुबईबाट नेपाल भित्रिएको देखिएको छ । यी बाहेक केही परिमाणमा भेपहरु बेलायन र कोरियाबाट पनि नेपाल भित्रिएको देखिएको छ । तर, चीनबाट मात्रै यति ठूलो परिमाणमा भेप भित्रिएपछि अर्थ मन्त्रालयले यसतर्फ चासो देखाएको छ ।

यसो त नेपालमा विद्युतीय चुरोट (भेप)को प्रयोग खासै हुँदैन । तर, खासै प्रयोगमा नआउने वस्तु यति ठूलो मात्रामा आयात भएपछि सरकारले यसतर्फ चासो देखाएको छ । यसरी भेपमात्रै यति ठूलो परिमाणमा नेपाल भित्रिनुले थुप्रै शंका उत्पन्न गर्ने जानकारहरु बताउँछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: