×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिथि नखः पर्व, पानीका मुहान सफा गरी मनाइयो (फोटो-कथा)

PRIME CA

सिथि नखः पर्व, पानीका मुहान सफा गरी मनाइयो (फोटो-कथा)

११ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेवार समुदायले जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन बिहीबार कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गरी सिथि नखः पर्व मनाएका छन् ।

सिथि नखः पर्वमा पानीको स्रोतको सरसफाई गर्ने गरिन्छ । वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरिन्छ ।

साथै, हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरिन्छ । धार्मिक मान्यता अनुसार सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेका गाई बस्तुको गोबर मललाई खेतबारीमा पुर्याउई घर आँगन सफा गरी सिथि नखः पर्व मनाउने चलन रहेको छ ।

त्यस्तै, जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदायमा कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसरी मानिइयो सिथि नखः पर्व :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: