×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता, कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता, कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने

Artha Sarokar

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र थापाथली, काठमाडौंस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता भएको छ । बैंक र क्लिनिकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्बन्धि सम्झौता भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकि सेवाहरु प्रदानगर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी