×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उड्दा उड्दै श्री एयरलाइन्स जहाजको ढोका खुल्यो, ३० मिनेट आकाशमै ‘होल्ड’ गरेपछि पुनः काठमाडौं फिर्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उड्दा उड्दै श्री एयरलाइन्स जहाजको ढोका खुल्यो, ३० मिनेट आकाशमै ‘होल्ड’ गरेपछि पुनः काठमाडौं फिर्ता !

Artha Sarokar

२३ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उड्दा उड्दै श्री एयरलाइन्सको जहाजको ढोका खुलेको छ । मंगलबार बिहान काठमाडौंदेखि धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको ढोका एक्कासी खुलेको हो ।

जहाज उडिरहेकै बेलामा जहाजको ढोका खुलेपछि जहाज पुनः काठमाडौं फिर्ता भएको छ । आकाशमै जहाजको ढोका खुलेको ३० मिनेटसम्म जहाजलाई आकाशमै होल्ड गराएको पुनः त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा फिर्ता ल्याइएको हो ।

विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको जनाइएको छ । यद्यपी यात्रुहरु भने सबै सुरक्षित रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी