काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २६९ कम्पनीको ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ९ करोड ६८ लाख ७२ हजार ४ सय ३३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबार सेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा सनराइज फोकस्ड इक्वटी फण्ड, सोल्टी होटल, प्रभु इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ९ करोड ६८ लाख ७२ हजार ४ सय ३३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, अपर तामाकोशी, नेपाल दूरसंचार, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स र चिलिमे हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा सेन्चुरी डेबेञ्चर २०८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो । सेन्चुरी डेबेञ्चर २०८८ मा यस्तो गिरावट आउँदा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, गोर्खाज फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र सिटिजन्स म्युचुअल फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्