काठमाडौं । पर्यटन र हवाई सेवामा लगाइएको कर खारेजीको माग गर्दै व्यवसायीहरु आन्दोलित बनेका छन् । सरकारले आर्थिक विधयकमार्फत गरेको यस्तो व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै व्यवसायी आन्दोलित बनेका हुन् ।
आन्दोलनकै क्रममा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान) र वायुसेवा सञ्चालक संघले पर्यटन र हवाई सेवामा लगाइएको कर खारेज गर्न माग गरेका हुन् । उनीहरुले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंगठन सम्मिलित विज्ञ समति बनाएर अध्ययन गर्नुपर्ने र घोषित कर १ वर्षपछि मात्रै लागू हुनेगरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
सरकारले गरेको करको नयाँ व्यवस्था वैज्ञानिक र व्यवसायीमैत्री नभएको उनीहरुको भनाई रहेको छ । अधिकांश हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टुर तथा सफारीको न्यूनतम १ वर्षअघि नै बुकिङ हुने भएकाले मर्कामा पर्ने उनीहरुले बताएका छन् । त्यस्तै, व्यवसायीहरुले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेश जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरेका छन् ।
त्यस्तै, अहिले शान्तिपूर्ण रुपमा माग सम्बोधनका लागि सरकारसँग अपिल गरे पनि माग सम्बोधन नभए दबाबमुलक कार्यक्रम गर्ने पर्यटन व्यवसायीहरुले चेतावनी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्