×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइजीआई प्रुडेन्सियल र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइजीआई प्रुडेन्सियल र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

Artha Sarokar

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस  सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी