×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालमै रोजगारी छ’ भन्ने पोष्टर चोकचोकमा राख्ने प्रतिवद्धताबाट विमुख भएका छैनौँः रवि लामिछाने

PRIME CA
GLOBAL IME BANK

‘नेपालमै रोजगारी छ’ भन्ने पोष्टर चोकचोकमा राख्ने प्रतिवद्धताबाट विमुख भएका छैनौँः रवि लामिछाने

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी जनतासँग गरिएका प्रतिवद्धताबाट विमुख नभएको बताएका छन् । बिहीवार पार्टीको पहिलो स्थापना दिवसको अवसरमा पार्टी कार्यालयमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनले सरकारमा गएको एकसय दिनमा विदेश पुगेका नेपाली स्वदेशमै फर्काउने प्रतिवद्धताप्रति पार्टी अझै प्रतिवद्ध रहेको बताए ।

‘हामीले सरकार चलाएको १०० दिनमा देश विदेशका चोक–चोकमा ‘नेपालमा नै जागिर छ’ भन्ने कुराको पोस्टर राख्ने प्रतिवद्धताबाट हामी विमुख भएका छैनौं ।’, उनले भने, ‘पार्टीका लागि विधि, नीति, नियम र विचारहरुलाई आमनागरिकसम्म पुर्याउनुपर्ने गम्भिर चुनौती हामीमाझ छ ।’

त्यस्तै, पार्टी सभापति लामिछानीले आफूहरुको महत्वपुर्ण चुनौती नागरिकमा पुग्नु रहेको बताएका छन् । सोही अवसरमा उनले आफुहरु विधि विधान भन्दा बाहिर नजाने दाबी गरे । ‘प्राथमीकताका कुराहरुलाई क्रमशः राखेर हामी अगाडी बढछौं ।’, उनले भने, ‘विधि र विधान भन्दा बाहिर जाने छैनौं । विधि भित्र रहेर सम्पुर्ण कुरालाईसंगै लिएर जानेछौं । संसदमा हाम्रो उपस्थिती अझै मर्यादीत र प्रभावशाली हुन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: