Skip to content
LAXMI SUNRISE BANK

१९ तस्विरमा हेर्नुहोस् काठमाडौं महानगर र सेयरधनी संघको संयुक्त आयोजनामा सम्पन्न दुई दिने सेयर तालिम (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं । काठमाडौंमा स्थानीय तहको अगुवाईमा सेयर तालिम सम्पन्न गरिएको छ । काठमाडौं महानगरपालिका र नेपाल सेयरधनी संघको संयुक्त आयोजनामा दुईदिने सेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयमा सम्पन्न भएको उक्त सेयर तालिममा वडा नम्बर १० का अध्यक्ष रामकुमार केसी, वडा सदस्यहरु, विभिन्न क्षेत्रसँग सम्बद्ध कर्मचारी, विद्यार्थी, गृहणी महिला, एवम् स्थानीयहरुको सहभागिता रहेको थियो । तालिमको मुख्य प्रशिक्षकका रुपमा अग्रज सेयर लगानीकर्ता सुवासचन्द्र भट्टराई र मुक्ति अर्याल रहेका थिए भने लगानीकर्ता तिलक कोइराला, अमुल्य आचार्यले सहभागिहरुमाझम सेयर अनुभव साटासाट गरेका थिए ।

त्यस्तै, उक्त तालिमलाई ग्रोथ स्कुल म्यानेजमेन्ट र आर्यतारा इन्भेष्टमेन्ट र सेक्युरिटी प्रालीको प्रविधिक सहयोग रहेको आयोजकले जनाएको छ । स्थानीय तहको अगुवाईमा सञ्चालन गरिएको उक्त सेयर शिक्षा कार्यक्रमले ठूलो जनसंख्यामा पूँजीबजारको ज्ञान पुर्याउनुका साथै पूँजीबजारप्रति साक्षरता फैलाएको विश्वास गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK