×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको अर्को बोल्ड निर्णयः अब आवसीय र व्यवसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बालेनको अर्को बोल्ड निर्णयः अब आवसीय र व्यवसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने !

Artha Sarokar

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले आवसीय र व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८०/८१ को आर्थिक विधेयकमार्फत अब आवसीय र व्यवसायिक भवनले आफ्ना सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो । तर, आफ्नो सेवाग्राही बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन पाउनेछन् ।

हाल काठमाडौंका आवसीय तथा व्यवसायिक भवनहरुले आफ्ना सेवाग्राहीहरुसँग पनि पार्किङ शुल्क लिँदै आएका छन् । अझ त्यसैमाथि पार्किङ शुल्कमा एकरुपतासमेत देखिँदैन । यसैबीच महानगरले गरेको यो निर्णयको धेरैले प्रशंसा गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी