काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा घेरबार गर्ने भएको छ । बालुवाटारमा रहेका सरकारी जग्गा घेराबन्दी गर्न महानगरका प्रहरी प्रमुख एसपी राजु पाण्डेको नेतृत्वमा एक सय जना भन्दाबढी प्रहरीको टोली बालुवाटार क्षेत्रमा पुगेको हो ।
महानगर प्रहरीले ललितानिवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललितानिवासको सार्वजनिक जग्गामा बनेक सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो । ‘सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउण्डिङ गर्ने र ठूला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने आदेश भएको छ’ बालुवाटारमा रहेका उनले भने ।
हाल ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसरी गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्