काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले हाल मुलुकको अर्थतन्त्र सकरात्मक बाटोतर्फ उम्मुख भएको तर पूर्ण रुपमा समस्यामुक्त भइनसकेको बताएका हुन् ।
हाल अर्थतन्त्रमा देखिएको सुधारले आगामी आर्थिक वर्षमा अर्थतन्त्र थप चलायमान हुने संकेतहरु देखिएको अर्थमन्त्री डा.महतले बताए । ‘अहिलेको अर्थतन्त्रको समग्र बाटो सकारात्मक तर्फ लागको छ तर समस्या मुक्त भनै भएको छैन ।’, उनले भने, ‘अहिलेको सुधारले आउँदो वर्षमा थप सुधारको संकेत देखिएको छ । समग्रमा अर्थतन्त्र सकरात्मक बाटोतर्फ देखिएको छ ।’
त्यस्तै, अर्थमन्त्री महतले आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै भएको र यसलाई सुधार गरेर लैजानुपर्ने बताएका छन् । योसँगै हाल क्षमताभन्दा पनि बढी खर्च सामाजिक सुरक्षामा गरेको बताउँदै उनले पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिने र यसबाट सरकार पछाडि फर्किन नसक्ने पनि बताएका छन् ।