Skip to content
LAXMI SUNRISE BANK

सेक्स भिडियोको समाचार भाइरल भएपछी ललितपुर जिल्ला अदालतको धानाकर्षण, यसो भन्छन् सूचना अधिकारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

सन् २०१७ अर्थात आजभन्दा झन्डै ४ बर्ष अगाडी एक साप्ताहिक पत्रिकामा प्रकाशित समाचार ४ बर्षपछी भाइरल भएपछी ललितपुर जिल्ला अदालतले सो सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । ४ बर्षअघि जनआस्था साप्ताहिकमा प्रकाशित समाचार साभार गरी सो बेला ‘पत्रपत्रिका’ सेक्सन अन्तर्गत अपडेट भएको उक्त समाचार ४ बर्षपछी कसैले सेयर गरिदिएका कारण भाइरल भएपछी अदालतले उक्त समाचारका विषयमा आफ्नो ध्यानकर्षण भएको बताएको हो ।

ललितपुर जिल्ला अदालतका सूचना तथा शाखा अधिकृत नविन कोइरालाले निकै पूरानो समाचार एकाएक भाइरल भएपछी यस विषयमा धेरैको सोधनी भएको भन्दै अहिले त्यस्तो कुनै घटना अदालतमा नभएको स्पष्ट पारेका छन् ।
‘निकै पूरानो समाचार भाइरल भएको रहेछ । अहिले अदालतमा त्यस्तो कुनै पनि घटना घटेको छैन । हुन त ४ बर्ष अघि पनि त्यस्तो भएकोजस्तो मलाई लाग्दैन । अहिले त झन् त्यस्तो घटना भएकै छैन । ४ बर्ष अघिको समाचार अहिले सेयर भइरहंदा हामीलाई खुब फोन आएकाले यो घटना जिल्ला अदालत ललितपुरमा नभएको स्पष्ट पारिदिन आग्रह गर्दछु ।’ शुक्रबार विहान अर्थ सरोकारको कार्यालयमा फोन गर्दै उनले भने ।

उनले अदालतमा महिला कर्मचारीहरुको उचित सम्मान हुने गरेको र नयाँ व्यवस्थापन आएपछि त्यस्तो कुनै घटना जानकारीमा नभएको स्पष्ट पारेका छन् । ‘हाम्रो अदालतमा त्यस्तो गलत काम हुँदै हुँदैन । त्यतिबेला कसरी न्युज आयो, त्यो थाहा भएन तर अहिले न्युज सेयर भएको रहेछ, यसबारे सबैलाई प्रष्ट पारिदिनुभए राम्रो हुने थियो ।’ अर्थ सरोकारको सम्पर्कमा आएका सूचना अधिकारी कोइरालाले भने ।
https://arthasarokar.com/2017/08/lalitpur.html
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK