
बुटवल । ११ तोला सुन भएको झोला हराउँदा कस्तो हुन्छ होला ? अनुमान गर्नुहोस् त । त्यस्तै भयो सैनामैना नगरपालिका–४ की विन्दु पोखरेललाई ।कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो । उक्त झोलामा ११ तोला सुन थियो । झोला हराएपछि उनले प्रहरीलाई जानकारी दिइन् । प्रहरीले झोला खोज्दै जाँदा बसपार्कमा भेट्टायो । उक्त झोला कसैले लगेको रहेनछ ।
फेला परेको सुनका गहना सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले बताए । हराएको सुनका गहना पाउँदा पोखरेल मख्ख परिन् र प्रहरीलाई धन्यवाद पनि दिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्