×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी म्युचुअल फण्ड अतर्गतको ‘लक्ष्मी भ्यालु फण्ड -२’ को इकाइ बिक्री खुला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी म्युचुअल फण्ड अतर्गतको ‘लक्ष्मी भ्यालु फण्ड -२’ को इकाइ बिक्री खुला

Artha Sarokar

५ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ०५ गते शुक्रबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘ लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रति इकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । शुक्रबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी