×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिपिए अवार्डः सिद्धार्थ बैंकको वार्षिक प्रतिवेदन वाणिज्य बैंकमध्येकै उत्कृष्ट ठहर, ‘गोल्ड अवार्ड’द्धारा सम्मानित

PRIME CA

बिपिए अवार्डः सिद्धार्थ बैंकको वार्षिक प्रतिवेदन वाणिज्य बैंकमध्येकै उत्कृष्ट ठहर, ‘गोल्ड अवार्ड’द्धारा सम्मानित

६ श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्धारा आयोजित ‘नेसनल बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०२२’ बाट सिद्धार्थ बैंक सर्वोत्कृष्ट ठहर भएको छ । काठमाडौंमा आयोजित उक समारोहकाबीच बैंकलाई ‘गोल्ड अवार्ड’द्धारा पुरस्कृत गरिएको हो ।

आईक्यानले आर्थिक वर्ष २०७८/८९ म प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले विभिन्न ४ विधा बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र उर्जा, निर्माण क्षेत्रमा प्रस्तुत गरेको अवार्डमा वाणिज्य बैंकहरुमध्ये सिद्धार्थ बैंकले बैकिङ क्षेत्र विधाको सवोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।

उक्त अवार्ड कार्यक्रमका प्रमुख अथिति अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई प्रदान गरेका हुन् ।

त्यस्तै, सोही विधा अन्तर्गत नबिल बैंक लिमिटेड ‘सिल्भर अवार्ड’ बाट सम्मानित भएको छ भने नेपाल एसबिआई बैंक ‘ब्रोन्ज अवार्ड’ र माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: