Skip to content
LAXMI SUNRISE BANK

क्यापिटल म्याक्स सेक्यूरिटिज संचालनमा, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालद्वारा उद्धघाटन

अर्थ सरोकार

काठमाडौं । शुक्रबार क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ६२)को उद्धघाटन भएको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यमा म्याक्स सेक्युरिटिजको उद्धघाटन भएको हो ।

कार्यक्रममा करिब ५०० जना लगानीकर्ताहरू उपस्थित रहेका थिए । कार्यक्रमलाई लगानीकर्ताका अगुवा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार, नेपाल स्टक एक्सचेन्जका निवर्तमान कार्यकारी निर्देशक, चन्द्र सिंह साउद, सी.डी.एस. एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी निर्देशक पूर्ण प्रसाद आचार्य, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र क्यापिटल म्याक्स सेक्यूरिटिजका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले सम्बोधन गरेका थिए ।

छोटेलाल रौनियारले लामो समयदेखि लगानीकर्ताले राख्दै आएको बैंकलाई ब्रोकर लाइसेन्स दिने माग पूरा भएको भन्दै बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिए । आगामी दिनमा ब्रोकर कमिसन पनि घटाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, नेप्सेका निवर्तमान कार्यकारी अध्यक्ष चन्द्र सिंह साउदले आफ्नो कार्यकालमा नेप्से ३० ल्याउनका लागि कार्यविधि बनाएको बताए । पुँजीबजारको विकास तथा विस्तारको लागि ब्रोकर लाइसन्स वितरणले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । बजारलाई अझ चलाएमान बनाउँन लागि अर्को स्टक एक्सचेन्ज अपरिहार्य रहेको उनले बताए ।

त्यस्तै, पूर्ण प्रसाद आचार्यले सम्बन्धित निकायहरूसँग सहकार्य गरी सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन आफूहरू लागि परेको बताए ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ४३ वटा एलओआई आइसकेका ब्रोकरहरूमध्ये हिजोसम्म २९ वटा कम्पनीले लाइसेन्स पाइसकेको र बाँकी रहेको १४ वटा कम्पनीले पूर्वाधार तयार गरेको जानकारी आएपछि त्यसको अनुगमन गरी लाइसेन्स दिने बताए ।

म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले लगानीकर्ताहरूले झेल्दै आएको समयमै भुक्तानी नपाउने समस्यालाई क्यापिटल म्याक्सले तत्कालै समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK