काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच श्रावण ०७ गते मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाईएको छ ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।