काठमाडौं । समृद्धि फाइनान्सले श्रावण १३ गते शनिबारको दिन संस्थाको हेटौंडा र पोखरा शाखाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शनिबारबाट सुरु भएको वृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र सम्पूर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
साथै, फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक वर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पुर्ण १३ वटै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।