×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल इन्भेष्टमेन्ट बैंकिङ र स्वस्तिक लघुवित्तबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल इन्भेष्टमेन्ट बैंकिङ र स्वस्तिक लघुवित्तबीच सम्झौता

Artha Sarokar

१५ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीको अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट अख्तियार प्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर् कार्यालय सिरहा जिल्ला लहान न.पा. वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै, उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरहरु सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी