×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता, शुन्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता, शुन्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराइने

Artha Sarokar

१७ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली र कुमारी बैंक लिमिटेडबीच सम्झौता भएको छ । एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

जस अन्तर्गत कुनै पनी ग्राहकहरुले कुमारी बैंक लिमिटेड वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदी कुनै पनी ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने जनाईएको छ ।

एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य २ लाख ६१ हजार ९ सय ९९ र एफ फाइब ए को मुल्य  २ लाख ९७ हजार ९ सय ९९ रहेको छ । एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विषेश विषेशताका कारण र सो विषेशताका बाबजुत पनी यसको मुल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको कम्पनीले दावी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी