×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोइलर कुखुरा सस्तियो, तीन हप्तामै किलोमा ६० रुपैयाँ घट्यो

PRIME CA
GLOBAL IME BANK

ब्रोइलर कुखुरा सस्तियो, तीन हप्तामै किलोमा ६० रुपैयाँ घट्यो

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो समय ब्रोइलर कुखुराको मासु सस्तिएको छ । स्वदेशमै ब्रोइलर कुखुराको उत्पादन बढेपछि मूल्य पनि घट्दै गएको हो ।

असार २५ गतेदेखि घट्न सुरु भएको ब्रोइलर कुखुराको मूल्य हालसम्म जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी ६० रुपैयाँसम्म घटेको छ । यसो त असार २५ गतेभन्दा अघिसम्म ब्रोइलर कुखुराको बिक्री मूल्य ३ सय १० रुपैयाँ रहेको थियो । तर, हाल भने मूल्य सस्तिएर जिउँदो प्रतिकिलो २ सय ५० रुपैयाँ कायम भएको छ ।

हाल नेपाली बजारमा उच्च उत्पादनका कारण ब्रोइलर कुखुराको मूल्य सस्तिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । हाल बजारमा ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो ३ सय ८० रुपैयाँसम्म बिक्री वितरण भईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: