काठमाडौं । ई-कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआइ संचालित च्याटबट, ‘आस्क दराज’ लन्च गरेको छ ।
दराजमा Microsoft Azure Open AI सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो । ओपनएआइ को ChatGPT द्वारा संचालित आस्क दराजले प्रयोगकर्ताहरूलाई एआइ च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउन सहयोग गर्ने दराजले जनाएको छ ।
त्यस्तै, आस्क दराजले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ । यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट पार्ने जनाईएको छ ।
दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि आस्क दराजबाट लाभ उठाउन सक्नेछन् । आस्क दराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्याउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
दराज नेपालले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्दछ । १८००० भन्दा बढी बिक्रेताहरूको नेटवर्क, १.५ मिलियन सक्रिय एप प्रयोगकर्ताहरू र देशभरका १०८ शहरहरूको प्रभावशाली कभरेजको साथ दराज नेपालले ई-कमर्स परिदृश्यलाई द्रुत रूपमा परिवर्तन गरेको कम्पनीले दावी गरेको छ ।