Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा, १० प्रतिशतका दरले प्रतिफल वितरण गरिने

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले संचालन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ ले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को प्रतिफल घोषणा गरेको हो ।

यस योजनाका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित)का दरले प्रतिफल वितरण गर्ने क्यापिटलले जनाएको छ । उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरी बुक क्लोज गरिएको छ ।

‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि संचालन गरिरहेकोले उक्त योजनामा सहभागी हुनको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइटमा क्लिक गरि रितपुर्वक विवरण भर्न क्यापिटलले आग्रह गरेको छ ।

रितपुर्वक आवेदन प्राप्त इकाईधनीहरुको प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार पूनः लगानी प्लानमा सहभागी हुन साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ । उल्लेखित समय भित्र प्रतिफल पुनःलगानी प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम भदौ १ गते पश्चात् सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने क्यापिटलले जनाएको छ ।

प्रतिफल पूनः लगानी प्लानमा सहभागि हुनको लागि आवेदन दिएका इकाईधनीहरुको हकमा प्राप्त गर्ने प्रतिफल रकमबाट योजनामा सहभागि हुन मिल्ने अन्तिम दिन साउन ३२ गते कायम प्रति इकाई खुद सम्पत्ति मुल्यले गणना गर्दा प्राप्त हुने इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK