Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकमार्फत विदेशबाट नि:शुल्क मनी ट्रान्सफर गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ मार्फत नयाँ नयाँ सुविधाहरु दिँदै आइरहेको छ । बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबिबि रिक्वेस्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आरबिबि रिक्वेस्ट रेमिट सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको आरबिबि रिक्वेस्ट रेमिट पोर्टलको सेन्ड रेमिट मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यवस्था गरिएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइट (www.rbb.com.np), मोवाईल बैंकिङ (डिजिटल संसार), तथा ईन्टरनेट बैंकिङको पोर्टल https://smartbanking.rbb.com.np/# वा सोझै https://www.rbb.com.np/content/rbb-request-remit माध्यमबाट बिना झन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्नेछन् ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, QR Code सेवा, POS सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK