काठमाडौं । देशभरी भारी वर्षासँगै हरियो तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार बुधबार काउलीसहित हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।
काउली प्रतिकेजी २० रुपैयाँले वृद्धि भएर ९० रुपैयाँ पुगेको छ । लोकल घिउ सिमीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार ३० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकेको तरकारी बजारले बुधबार सिमी प्रतिकेजी ४५ रुपैयाँ कायम गरेको छ । लौकाको मूल्य पनि प्रतिकेजी १० रुपैयाँ बढेर आएको छ ।
गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री भईरहेको छ । लोकल सानो गोलभेँडा प्रतिकेजी ५ रुपैयाँले घटेर आज ६५ रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय ५३ रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।
यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भईरहेको छ भने घिउ सिमी लोकल ४५, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३५, लौका ५०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ४०, हरियो फर्सी ६०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३८०, काँक्रो लोकल ५०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरीयो प्याजको मूल्य सोमबारको तुलनामा स्थिर ८० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।
समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०, तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्