Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंक ‘एल एण्ड डि एक्सिलेन्स अवार्ड’ द्वारा सम्मानित

अर्थ सरोकार

काठमाडौं । महालक्ष्मी विकास बैंक एल एण्ड डि एक्सिलेन्स अवार्ड-२०२३ द्वारा सम्मानित भएको छ ।

कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै Banking Finance &  Insurance Institute of Nepal (BFIN) द्वारा प्रदान गरिने एल एण्ड डि एक्सिलेन्स अवार्ड-२०२३ बाट सम्मानित भएको हो । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न ‘Leaders for the Next Generation: Expect the Unexpected’ कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष  सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK