काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच मर्चेन्ट सम्झौता भएको छ । बैंकले श्रावण ३२ गते बिहीबार क्याफेसँग मर्चेन्ट सम्झौता सम्पन्न गरेको हो ।
उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले लेकसाईड,पोखरा स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।