Skip to content
LAXMI SUNRISE BANK

ललिता निवास प्रकरणः सरकारी जग्गा किर्ते गर्नेहरुविरुद्ध सीआईबीले अनुसन्धान सक्यो, प्रतिवेदन बुझाउने तयारी !

अर्थ सरोकार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरेको छ । संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन तयार पारेको छ ।

बालुवाटारको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा नामसारी भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।

अनुसन्धान प्रतिवेदनमा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न मुख्य योजनाकार, सहायक योजनाकार, पक्राउ परेका र फरार प्रतिवादीको सूची नै समावेश छ । प्रतिवेदनमा प्रतिवादी र सरकारी जग्गा हिनामिनाबाट राज्यलाई पुरÞ्याएको क्षतिको बिगो मागसहित प्रतिवेदन तयार भए पनि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनुपूर्व ती विवरण गोप्य राखिएको छ ।

सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ । तर, सीआईबीको अनुसन्धान सकिए पनि अनुसन्धानमा आउनुपर्ने व्यक्ति अनुसन्धानको दायरामा नआएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरले असन्तुष्टी जनाउँदै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK