×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जापानसँग नेपालको सम्बन्ध महत्वपुर्ण र ऐतिहासिक छ’ : चेम्बर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘जापानसँग नेपालको सम्बन्ध महत्वपुर्ण र ऐतिहासिक छ’ : चेम्बर

Artha Sarokar

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल र जापानबीचको कुटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताएका थिए ।

राजदूत किकुता युताका सहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरुसँग आग्रह समेत गरेका थिए । अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ ।’

उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन सांसदहरुसँग आग्रह गरेका थिए । कृषिमा प्रविधी हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाई थियो ।

त्यस्तै, जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपालीहरु रहेको भन्दै अध्यक्ष मल्लले नागरिक स्तरमा पनि दुई मुलुकबीचको सम्बन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरेका थिए । नेपालले जापानमा ९० लाख डलर बराबरको वस्तु निर्यात गर्दा ४ करोड ७० लाख डलर हाराहारीमा आयात गर्ने गरेको छ ।

चेम्बरको स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरो कोवायासीले नेपालमा ३० वर्ष अघी आएर लुम्बिनीमा वृक्षारोपण गरेको स्मरण गरेका थिए । नेपाल र जपानबीचको आर्थिक र कुटनीतिक सम्बन्ध सधै उत्कृष्ट रहेको उनको भनाई थियो ।

त्यस्तै, अर्का सांसद नागाई मनावुले पनि दुई मुलुकबीचको आर्थिक र कुटनीतिक सम्बन्धलाई जनस्तर सम्मै पुर्याउनुपर्नेमा जोड दिएका थिए । नेपालका लागि जपानी राजदूत युताकाले नेपाल जापानबीचको सम्बन्ध सुधारमा चेम्बरले गरेको प्रयासलाई धन्यवाद दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी