×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६ करोडको मागदाबीसहित कुमारी बैंकविरुद्ध दुर्गा प्रसाईंले हाले अर्को मुद्धा, हरिसिद्धिको मुद्धा पनि बैंकले हार्यो

PRIME CA

२६ करोडको मागदाबीसहित कुमारी बैंकविरुद्ध दुर्गा प्रसाईंले हाले अर्को मुद्धा, हरिसिद्धिको मुद्धा पनि बैंकले हार्यो

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । यसअघि कुमारी बैंकविरुद्ध स्टे अर्डर लिन सफल भएका दुर्गा प्रसाईंले कुमारी बैंकलाई अर्को मुद्धा हालेका छन् । समयमा नै ऋणवापतको रकम नदिँदा आफुलाई करिव २६ करोड घाटा भएको भन्दै सो रकम दाबीसहित उनले अदालतमा मुद्धा हालेका हुन् ।

प्रसाईंले बैंकविरुद्ध मुद्धा हालेको पुष्टी गरे । ‘मलाई बैंकले दिनुपर्ने पैसा नै दिएन । किस्ता हालिदेउ थप पैसा दिन्छु भने र किस्ता हालिदिएँ तर पैसा दिएनन् । यसकारण मलाई २६ करोड घाटा भएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै प्रसाईंले भने- ‘त्यसपछि म अदालत गएको छु । अव जे गर्छ अदालतले गर्छ ।’ आफुले पाउनुपर्ने पैसा नपाएपछि अव पूरानो ऋणको किस्ता नतिर्ने अडानसमेत प्रसाईंको छ । ‘अदालतले नै मेरो सम्पत्ति सकार प्रक्रिया अगाडी नबढाउनु भनेको छ । अव बैंकले मलाई दिनुपर्ने रकम नदिएसम्म किस्ता हाल्दिन । निहुँ  खोज्यो भने अदालत जान्छु । अहिले २६ करोडको क्षतिपूर्ति दाबी गरेको छु । २०३३ सम्म खासमा मैले ब्याज नै तिर्नु नपर्नेगरी फेसिलिटी एग्रीमेन्ट भएको छ । अव त्यहि अनुसार हुन्छ ।’

प्रसाईंले आवश्यक परे आफु सर्वोच्चसम्म जानेसमेत बताए । ‘बैंकले दिनुपर्ने पैसा दिएन भने यो केस झन् लम्बिन्छ ।२०-३० बर्षसम्म मुद्धा चलिरहन सक्छ । म झुक्नेवाला छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै प्रसाईंले भने- ‘बोर्डले थप पैसा दिन मानेन भन्ने कुरा सीइओको छ । दिनुपर्ने पैसा दिन्न भन्न पाइन्छ ? बोर्ड भगवान विष्णु हो र ?’
अदालतबाट प्रसाईंले मुद्धा जिते धेरै बैंकविरुद्ध बन्न सक्छ नजिर !
यसो त अहिलेसम्म ढिलो पैसा दिएकै कारण कुनै बैंकले क्षतिपूर्ति तिरेको रेकर्ड छैन । क्षतिपूर्ति भराई पाउँ भनेर अदालत गएको पनि सम्भवत: प्रसाईंको केस नै पहिलो हो । प्रसाईंले यो मुद्धा जिते भने कुमारी बैंकलाई करोडौं घाटा त लाग्छ नै, यसले स्थापित गर्ने नजिरका कारण कुमारीलाई पनि अरु थुप्रै र अन्य बैंकहरुलाई पनि अरु थुप्रै मुद्धा लाग्ने निश्चित छ । प्रसाईंले यो मुद्धा जितेको खण्डमा स्थापित हुने नजिरले बैंकिङ क्षेत्रलाई ठुलो असर गर्छ । यसबारे प्रश्न गर्दा प्रसाईं भन्छन्- ‘ऋणीले मात्र सहनुपर्छ भन्ने के छ र ? अहिलेसम्म पो कोहि अदालत गएनन् त । अव त म गएको छु । समयको मूल्य अनुसार क्षतिपूर्ति तिर्नुपर्ने अभ्यास अन्त्राष्ट्रिय स्तरमै छ । अव नेपालमा पनि यो नजिर स्थापित गर्नुपर्छ भनेर म अदालत गएको हुँ।’
हरिसिद्धिको मुद्धा पनि कुमारीले हार्यो
लामो समयदेखि चल्दै आएको चर्चित मुद्धा पनि कुमारी बैंकले हारेको छ । तत्कालीन एनसीसी बैंकबाट आएको यो मुद्धाको छिनोफानो केहि दिन अघि भएको हो । तत्कालीन एनसीसी बैंकले सकारेको सम्पत्ति फिर्ता पाउन माग गर्दै हरिसिद्धि अदालत गरेको थियो । अन्तत: हरिसिद्धिले मुद्धा जितेको छ । यो केसमा पनि कुमारी बैंकलाई ठुलो घाटा भएको छ । लामो समयसम्म चलेको मुद्धामा अन्तिम समयतिर बैंककै पक्षको बहस र प्रमाणहरु कमजोर देखिएपछि अन्तत: मुद्धा हरिसिद्धिकै पक्षमा आएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: