काठमाडौं । मेगा स्टक मार्केट्सले धितोपत्र दलाल सदस्य नं ७५ बाट धितोपत्र दलाल सेवा शुरु गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेको मेगा स्टकले भदौ ८ गते शुक्रबार देखि सेवा शुरु गरेको हो ।
होटल एलोफ्टमा एक कार्यक्रम आयोजना गर्दै उक्त स्टक मार्केट्सको उद्धघाटन गरिएको थियो । अव भदौ १० गते आइतबारका दिनबाट लगानीकर्ताले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहकले यो लिंक https://tms75.nepsetms.com.np/login मा लगइन गर्नुपर्ने हुन्छ ।
कार्यक्रमको अवसरमा कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रीत रहने कम्पनीले जानकारी गराएको छ ।
उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रीत हुने, पूँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।