काठमाडौं । राकुटेन भाइबर र सस्तो टिकेट्सबीच सम्झौता भएको छ । अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने उद्देश्यका साथ भाइबरले सस्तो टिकेट्ससँग मिलेर सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ । जसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने जनाएको छ ।
भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ । यो प्लेटफर्मले लागत-प्रभावी उडानका साथै अन्य धेरै आकर्षक लाभहरू पनि दिने जनाईएको छ । जस्तै:
● बम्पर अफर: उडान र आवासको पूर्ण सुविधा सहित दुईजनाको लागि थाइल्याण्डको यात्रा
● दुई-तर्फी आन्तरिक उडान टिकटहरू: १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर
● पोखरा आवासमा १५ प्रतिशत छुट: पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रूम स्टेमा १५ प्रतिशत छुटको साथ शानदार आरामको व्यवस्था
● माउन्टेन फ्लाइटहरू: पाँचजना थ्रिल चाहनेहरू र हरेकका एक एक साथीले चार्टर्ड उडान मार्फत् हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमान्चक अनुभूति लिन सक्नेछन् ।
● भरपुर मनोरञ्जन: प्रयोगकर्ताहरूले यस नयाँ क्षितिजमा थप यात्रा-सम्बन्धि सुविधाहरूको साथ बटभित्र क्विज़ खण्ड लगायत अन्य अन्तरक्रियात्मक गतिविधिहरूमा संलग्न हुन सक्नेछन् ।
उक्त सम्झौताको बारेमा सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले भने, ‘राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौं ।’
त्यस्तै, राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने, ‘हाम्रो मिशन सधैं हाम्रा प्रयोगकर्ताहरूको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासहरूद्वारा यसलाई प्रमाणित पनि गरेका छौं। सस्तो टिकट्स सँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ ।’
सस्तो टिकट्स च्याटबटको सुरुवातसँगै राकुटेन भाइबरले सबै नेपाली यात्रुहरूलाई यात्राको सुविधा र आनन्दको नयाँ युगको अनुभव गर्न आमन्त्रित गरेको छ ।