×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षकहरूको आन्दोलन : कुरो कहाँ अड्कियो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिक्षकहरूको आन्दोलन : कुरो कहाँ अड्कियो ?

Artha Sarokar

५ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रस्तावित शिक्षा ऐनको विरोधमा उत्रिएका शिक्षक-शिक्षिकाहरूसँगको आन्तरिक छलफलपछि सरकार पक्षले केही समयको माग गरेको छ । शुक्रबार आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता अघि सरकार पक्षले शिक्षकहरूसँग समय माग गरेको हो ।

मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए ।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी