काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ ‘डिजीशाइन’ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।
अव ग्राहकहरूले कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । जसले गर्दा बैंकमा वा आईएमइ रेमिट्यान्स संकलन गर्ने शाखामा गई लाइनमा उभिनु पर्दैन । आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्छन् ।
आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।