×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महोत्तरीमा शक्तिपीठ र मन्दिरहरुमा मेला तथा जात्रा नलाग्ने, पूजारीले मात्रै पूजा गर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महोत्तरीमा शक्तिपीठ र मन्दिरहरुमा मेला तथा जात्रा नलाग्ने, पूजारीले मात्रै पूजा गर्न पाउने

Artha Sarokar

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महोत्तरी । दशैंका अवसरमा शक्तिपीठ र मन्दिरहरुमा मेला तथा जात्रा नलाग्ने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय, महोत्तरीले मेला र जात्रामा रोक लगाएको छ । जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ । त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई र बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माई मन्दिरमा दशैँमा मेला उत्सव र बलि आयोजन हुँदै आएको छ।
यस वर्ष भने पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ । शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना मात्रै गर्न पाउने प्रजिअ कटुवालले बताए। सामूहिक बलि, मेला तथा जात्रा भने आयोजन गर्न पाइने छैन ।
जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ । यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ । दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई तत्काल कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या एक हजार ६ सय ४८ पुगेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी