काठमाडौं । एट्टिक रेस्टुरेन्ट र गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झैता पत्रमा एट्टिकका तर्फबाट बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्ट तथा गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रअनुसार एट्टिक रेस्टुरेन्टले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने र गुरु ट्राभल्स लिमिटेडले एट्टिक रेस्टुरेन्ट र ग्राहकहरुलाई सुलभ दरमा विशिष्टीकृत सेवा उपलब्ध गराउने भएको छ । साथै, दुई संस्थाबीच सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट अघि बढ्ने सहमति पनि भएको छ ।
सम्झैता पत्रमा हस्ताक्षर पछि एट्टिक रेस्टुरेन्टका बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्टले नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएकी थिइन् । विष्टले आगामी दिनमा थप कार्यक्रमहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
त्यस्तै, विष्टले गुरु ट्राभल्स लिमिटेडका साथमा व्यावसायिक ज्ञान तथा अनुभवको आदानप्रदानबाट पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिने अपेक्षा राखेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्