×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार आइतबारदेखि रोक्का !

LAXMI SUNRISE BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार आइतबारदेखि रोक्का !

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । बैंकले सिटिजन्स बैंक इन्टरनेशनलसँग एक्विजिसन सम्झौता गरेसँगै नेप्सेले आइबारदेखि सेयर कारोबार रोक्का गरेको हो ।
शनिबार (कात्तिक १ गते) सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ शेयर स्वाप अनुपातमा एक्वायर गर्ने सम्झौतापत्रमा दुबै बैंकले हस्ताक्षर गरेका थिए । 
तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी