काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । उक्त कम्पनीले ग्राहकहरुलाई सुलभ दरमा मोबाइल डेटा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डेटा’ ल्याएको हो ।
सो अफर सञ्चालनमा आएसँगै एनसेलका ग्राहकहरुले कर सहित मात्र रु १०० मा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । उक्त डेटा प्याकमा ग्राहकहरुले १ जीबी डेटा प्राप्त गर्नेछन् जसमा डेटा भोल्यु २८ दिनसम्म मान्य रहनेछ । ग्राहकहरूले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार उक्त प्याक सुचारु गर्न सक्ने कम्पनीको भनाई रहेको छ ।
त्यस्तै, कम्पनीका अनुसार ग्राहकहरुले अब कर सहित मात्र रु १ सय ९१ मा सात दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्नेछन् । साथै, कर सहित रु ४ सय ५९ मा ग्राहकहरुले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक उक्त प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउन सक्नेछन् ।
एनसेल कम्पनीले ‘अलवेज अन डेटा’ प्याकले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास लिएको छ । उक्त, सुविधाले ग्राहकहरुलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैँ सम्पर्कमा बस्न ठूलो भूमिका खेल्ने कम्पनीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्