काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकि छिन् । तत्कालीन निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेर खाली भएको प्रबन्ध निर्देशकको जिम्मा पहाडीले पाएकि हुन् ।
संचार मन्त्रालयले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मा दिएकि संगीता २९ बर्षदेखि टेलिकममा नै कार्यरत छिन् ।
बुधबार पदभार ग्रहण गर्दै पहाडीले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।