Skip to content
LAXMI SUNRISE BANK

बैंकमा ५० लाख भन्दा बढी निक्षेप राख्न प्यान अनिवार्य

अर्थ सरोकार

काठमडौं । बैंक तथा वित्तीय संस्थामा ५० लाख रुपैयाँ भन्दा बढी निक्षेप राख्दा स्थायी लेखा नम्बर (प्यान) चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै ५० लाख रुपैयाँभन्दा माथिको निक्षेपमा प्यान अनिवार्य गरेको हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख रुपैयाँभन्दा बढी मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।

यसअघि बैंकमा निक्षेपकर्ताले जति निक्षेप राख्दा पनि प्यान अनिवार्य थिएन ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK