काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई विस्तारित कर्जा प्रदान गर्ने भएको छ । आइएमएफले विस्तारित कर्जा सुविधा अन्तर्गतको तेश्रो किस्ता प्रदान गर्ने भएको हो ।
नेपाललाई ५ करोड १३ लाख अमेरिकी डलर (६ अर्ब ८१ करोड रुपैयाँ) कर्जा वितरण गर्न आइएमएफ टोली र नेपाली अधिकारीबीच कर्मचरीस्तरमा सम्झौता भएको हो । उक्त सम्झौता आइएमएफको कार्यकारी बोर्डले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने जनाईएको छ ।
सम्झौताअघि तेस्रो समीक्षालाई पूरा गर्न सक्ने नीति र सुधारहरुमा छलफल गर्न टिडियान किन्डाको नेतृत्वमा आइएमएफ टोलीले सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म काठमाडौंको भ्रमण गरेको थियो । भ्रमण टोलीले राष्ट्र बैंक, अर्थ मन्त्रालय, निजी क्षेत्रलगायतसँग छलफल गरेको थियो ।
उक्त कर्जासँगै आइएमएफले प्रदान गर्ने कुल ४९ अर्ब रूपैयाँमध्ये नेपालले २७ अर्ब ११ करोड रूपैयाँ (२० करोड ५४ लाख डलर) सहयोग प्राप्त गरेको हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्